काठमाडौँ । नेप्सेमा भिषण पहिरो गएको छ । बजार देखी निरन्तर घटेको नेप्से आज बन्द हुने बेलासम्म ओरालो लागेको हो । आज आईतबार एकैदिन नेप्से एक सय एक दसमलव २४ अंकले घटेर २७ सय दसमलव ३२ अंकमा पुग्दा सेन्सिटिभ पनि १५ दसमलव ६२ अंकले घटेर पाँच सय ११ दसमलव ६६ अंकमा झरेको छ ।
दुई सय २७ वटा कम्पनीहरुको ८१ हजार आठ सय ३७ पटकको कारोवारमा एक करोड १६ लाख ६१ हजार छ सय ३९ कित्ता शेयर किनबेच भएका छन् भने कारोवार रकम पाँच अर्ब ९७ करोड ७२ लाख ७४ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ४२ दसमलव ६६ अंकले घटेर १७ सय ३९ दसमलव ९४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ८४ दसमलव ८८ अंकले घटेर ३१ सय ९५ दसमलव ५२ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि एक सय १२ दसमलव १४ अंकले घटेर २२ सय ९७ दसमलव ९२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय ५२ दसमलव ५४ अंकले घटेर १२ हजार तीन सय ९३ दसमलव ५४ अंकमा पुगेको छ ।
यसैगरी विकास बैक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको नविल व्यालेन्स फण्ड ३ पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि अपर तामाकोशी हाईड्रो पावर कम्पनी नै पहिलो स्थानमा परेको छ ।