काठमाडौँ l नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ ।
उनीहरुबीच हिजो बेलुका फोनवार्ता भएको एमाले नेता विष्णु रिजालले पुष्टि गरे । फोनमा प्रचण्डले एमसीसीको बारेमा ओलीलाई निर्णय गर्न आग्रह गरेका थिए ।
जवाफमा ओलीले प्रतिनिधिसभामा १६५ सदस्यहरु भएको र सत्तापक्ष मिलेर पारित गरे ठिक हुने बताएका छन् ।
यता प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गर्नुपर्ने भनेर जोडबल लगाइरहेका छन् ।
त्यस्तै हिजो एक अमेरिकी मन्त्रीले ओली प्रचण्ड र देउवालाई फोन गर्दै एमसीसी पास किन ढिलाई भएको भन्दै प्रश्न गरेका थिए ।