शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आठ सचिवको सरुवा, कसलाई कुन मन्त्रालय तानियो ?

शुक्रबार, माघ २८ २०७८

काठमाडौँ । सरकारले एकै पटक आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा थन्क्याइएको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियाको सरुवा भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय  सचिव सुरेश आचार्यलाई सरकारले खानेपानी मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा ल्याइएको छ ।