शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमसीसीको अन्तिम मिति !

बिहिबार, माघ २७ २०७८

काठमाडौँ l नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न अमेरिकाले फेब्रुअरी २८ सम्मको समय दिएको छ ।

नेपालका राजनीतिक दलहरुबीच एमसीसीबारे चर्को मदभेद भइरहेको बेला अमेरिकाले संसदबाट पारित गर्नका लागि अल्टिमेटम नै दिएको हो । अन्यथा एमसीसी फिर्ता हुने अमेरिकाले सन्देश दिएको छ ।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै नेपालमा एमसिसी कार्यान्वयन लागि अबको तीन साता निकै महत्वपूर्ण रहेको बताइन्। अब एमसीसीको समय थप्न नसकिने उनको भनाइ थियो ।

उनले भनिन्, ‘फेब्रुअरी २८ को समय सीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो ।

हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं।’