बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रविशंकरका दुई गोल पुलिसका लागि जित

बुधबार, माघ २६ २०७८

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित निकालेको छ । 

दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवानका दुबै गोल निर्णायक बने ।  च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

खेलको ७०औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाएका हुन् ।  जितसँगै पुलिसले ९ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिको दशौँ स्थानमा उक्लिएको छ । खेलमा पुलिसका दुई गोलकर्ता रबि प्लेयर अफ दि म्याच चुनिए ।

समान ९ खेल नै खेलेको च्यासल पाँच अङ्क जोडेर अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।  हारसँगै च्यासललाई रेलिगेसनको दबाब  बढेको छ ।