काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोभिडका कारण १४ जनाको मृत्यु भएको छ । सोही अवधिमा २ हजार ४ सय १ जना संक्रमित भएका छन् ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या तीस हजार २ सय ४१ भएको छ । पछिल्लो समय निको हुनेको संख्या पनि बढि रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा डा संगीता मिश्राले देशभर गरी ७ हजार ७७७ जना निको भएको जानकारी दिइन् ।
२४ घण्टामा १६ हजार ३५६ परीक्षण हुँदा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो ।
११ हजार ६०३ पीसीआर परीक्षण हुँदा १ हजार ८५१ र ४ हजार ७५३ जनामा एन्टिजेन परीक्षण गर्दा ५५० जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।