काठमाडौँ । कोरोना महामारीपछि उत्तरी सिमामा रहेका रसुवा र तातोपानी नाकाबाट निर्यात पुर्ण रुपमा रोकिएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड सहि तवरले नअपनाउँदा आयात पनि प्रभावित भएको छ। मगाइएका सामान चार महिनासम्म नाकामै रोकिदा कुहिने र बिग्रने समेत गरेका छन्।
नेपालको कुल ब्यापारमा १४ प्रतिशत हिस्सा चिनको छ। गत पुषसम्मको तथ्यांक केलाउने हो भनेपनि १० खर्बको आयातमा १ खर्ब ४५ अर्ब रुपैयाँको सामान चिनबाट आयात गरिएको छ। चिनबाट आउने सामानहरु महामारी अघि २० प्रतिशत उत्तरतर्फका दुई नाका तातोपानी र रसुवागढी बाट आउने गरेकोमा अहिले १४ प्रतिशत मात्रै यि नाका भएर आउने गरेका छन्।
जसका कारण चिनबाट आउने सामान कलकत्ता भएर आउँदा ४५ दिन लाग्छ भने यि दुई नाका भएर आउँदा चाहि १५ दिनमै काठमाडौं आइपुग्छन्। तर, महामारी सुरुभएपछि यि दुई नाकाबाट सामान आयात निर्यात प्रभावित भएको छ।
निर्यात ठप्पै भएपनि आयात भने केहि मात्रामा आएको देखिन्छ। रसुवा नाकामा आवश्यक संरचना निर्माण र स्वास्थ्य मापदण्ड पुरा गर्न नसक्दा चिनबाट आउने सामान अहिले नाकामा ४ महिनामा सम्म रोकिएर बस्नु परेकाले सामान बिचमै कुहिने समेत गरेको ब्यापारीहरु बताउँछन्।
गत कात्तिकमा नेपालको ल्हासा स्थित महाबाणिज्य दुतावास र चिन तर्फको ल्हासा म्यानेजमेन्ट पोर्ट बिच दैनिक रसुवाबाट २० कन्टेनर र तातोपानी नाकाबाट २० कन्टेनर नेपालतर्फ पठाउने सहमति भयो। तर,अहिले रसुवाबाट दैनिक ९ र तातोपानी नाकाबाट ७ वटा मात्रै कन्टेनर नेपाल आएका छन्। बिशेगरि चिनले नेपालले कोरोना संक्रमण रोक्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएको भन्दै सिमित कन्टेनर मात्रै पठाएको छ।
महामारी सुरुभएपछि नेपाली ब्यापारीहरु चिन जान पाएका छैनन्। र, नेपालसँगको ब्यापारमा चिनले खासै चासो पनि बढाएको छैन। त्यसमाथि तातोपानी नाकामा चिनले सुरक्षाका बिषयमा देखाउँदै आएको आशंका अझै कायम भएकाले पनि ब्यापार प्रभावित भएको हो। जसको निवारणका लागि राजनीतिक र कर्मचारी तहबाट ठोस पहल हुन सकेको देखिदैन।