बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुम्लाको पाटनमा हिउँमा फसेकामध्ये १४ जना गाँउ फर्किए बाँक आज फर्किदै

मंगलबार, माघ २५ २०७८

काठमाडौं । जुम्लाको पाटनमा  हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किएका छन् । फसेका झण्डै तीनदर्जन मध्ये  १४ जना फर्किएका हुन् ।  जडीबुटी खोज्न पाटन चढेका उनीहरु बाक्लो हिउँ परेपछि ५ दिन यता त्यतै फसेका थिए ।  

हिजो घाम लागेर हिउँ पग्लिएपछि उनीहरु घर फर्कन सफल भएका हुन् ।  बाँकी केही आज फर्किने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् ।

बाक्लो हिमपातका कारण हिउमा अड्किएका उनीहरुको उद्दारका लागि  अस्ति प्रशासनले पठाएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको थियो ।