काठमाडौं । अहिले मुलुकका अधिकांस स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । न्यून चापिय प्रणालीका कारण अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा विहानै लागेको बाक्लो तुवाँलो विस्तारै हट्दै गएको छ ।