शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लुम्बिनी प्रदेश र कृषि उद्यम केन्द्रबीच सहकार्य !

मंगलबार, माघ २५ २०७८

काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्र र प्रदेश सरकार लुम्बिनी प्रदेशबीच सार्वजनिक–निजी साझेदारी कार्यक्रम संचालन गर्ने सम्बन्धमा सहकार्य भएको छ l

शुक्रबार लुम्बिनी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कुष्ण ध्वज खड्का र नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्रका तर्फबाट सभापति अरुणराज सुमार्गीले सयुक्तरुपा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् l

272770613_630977841461166_6009484612845994576_n.jpg

एकल प्रयासबाट मात्र विकासका विविध कार्यहरू सम्पन्न गर्न कठिन र क्षणिक हुने भएकाले नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीको नेतृत्वमा सार्वजनिक–निजी साझेदारी कार्यक्रम संचालनमा ल्याईएको छ l आर्थिक तथा औद्योगिक विकासका महत्वपूर्ण कार्यक्रमहरुलाई संचालन गर्ने हेतुले उक्त प्रदेश सरकार र निजी क्षेत्रले उक्त साझेदारी गरेको हो l

272750589_642126533777775_7817009626662031554_n.jpg

साझेदारी अनुसार सार्वजनिक-निजी साझेदारीमा संचालन गर्न सकिने कार्यक्रमहरुको प्रस्ताव प्रदेश सरकारलाई गर्ने छ साथै प्रदेश सरकारले स्वीकृत गरेका कार्यक्रमहरुको संचालन, संयोजन, लगानीकर्ताको छनौट, प्राविधिक सहयोग लगायतका विषयमा प्रदेश सरकारलाइ सुझाव दिने छ l सार्वजनिक-निजी साझेदारीको माध्यमद्वारा उत्पादनशील र रोजगारमूलक आर्थिक वृद्धिको सोच, साझेदारीको लगानी अभिवृद्धि गरी थप स्रोत एवम व्यवस्थापकीय सीप परिचालन र साझेदारीलाई प्रोत्साहन गरी पूर्वाधार र सेवाका क्षेत्रमा सार्वजनिक-निजी साझेदारी अभिवृद्धि गने उद्धेश्य राखेको छ ।

272876798_522890839060506_2388220114034200885_n.jpg

यस कार्यक्रमबाट कार्य प्रभावलाई सहि तरिकाले निरन्तरता दिनको लागि यो समझदारी गरीएको हो l कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष श्री बामदेव क्षेत्री(घिमिरे), नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष श्री कृष्ण शर्मा र प्रदेश उधोग वाणिज्य संघका उपाध्यक्ष श्री बालकृष्ण सुवेदी साथै प्रदेश भित्रका CCI अध्यक्ष ज्युहरुको उपस्थित रहयोको थियो l

272817010_977938546155405_5928452232294658291_n.jpg272841768_2724002277743580_6594827475576451651_n.jpg