शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

शुक्रबार, माघ २१ २०७८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

उनलाई केहीदिन अगाडी बसेको मन्त्रिपरिषद बैठकले सो पदमा नियुक्त गरेको  हो ।

रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।