शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले डाक्यो सचिवालय बैठक

बुधबार, माघ १९ २०७८

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज (बुधबार) दिउँसो बस्दैछ । बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने विषयमा छलफल हुनेछ । बैठकमा हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षासमेत गर्ने उनले बताए ।

त्यसैगरी बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालाई अन्तिम रुप दिने छ । विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा अहिले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्षहरू छ, उपमहासचिव तीन र सचिव सात गरी १९ जनाको सचिवालय छ ।