बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मौसममा सुधार आउन अझै तीन दिन लाग्ने

सोमबार, माघ १७ २०७८

काठमाडौँ । केहि दिन यता चिसो सिरेटो चलेको उपत्यकाको मौसम अझै केहि दिन सुधार नहुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको हो ।

न्यून चापीय मौसमी प्रणालीका कारण अझै केही दिन देशको धेरैजसो भागमा आंशिकदेखि सामान्य बदली हुने र केही  ठाउँमा  वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि केहि स्थानमा सामान्य बदली रहने छ ।  उच्च पहाडी भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना  छ । 

विभागका अनुसार मौसममा सुधार आउन अझै तीन दिन लाग्ने छ ।