शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उपत्यकाका तीन जिल्लाका सीडीओको बैठक आज, के आउला निर्णय?

शुक्रबार, माघ १४ २०७८

काठमाडौं। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठक आज हुने भएको छ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न बैठक बस्न लागेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ।

यसअघि लागू गरिएको सवारी साधनको जोरविजोर प्रणालीबारे थप निर्णय हुनसक्ने बताइएको छ। उपत्यकामा ७ माघदेखि सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो।

जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिएका छन्।

यसबाहेकका पनि थप निर्णय हुनसक्ने बताइएको छ। कोभिड प्रोटोकललाई मान्नका लागि सीडीओहरूको अपिल समेत छ।