बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

थपिए ८ हजार ४५४ कोरोना संक्रमित, ५ को मृत्यु

बिहिबार, माघ १३ २०७८

काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६७२ पुगेको छ।

यस्तै बुधबार ४ हजार ४ सय ३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १३ हजार ५४९ पीसीआर तथा ६ हजार ८ सय १० एन्टिजेन परीक्षण भएको छ।