शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

घलेको दाऊ केशर महल काैडीको भाउ !

बुधबार, माघ १२ २०७८

काठमाडौँ – ऐतिहासिक महत्वका स्थलहरु एकपछि अर्को व्यापारीहरुले कब्जा गरिरहेको बेला ऐतिहासिक महत्वको केशर पुस्तकालय पनि कौडीको मूल्यमा व्यापारीलाई दिने तयारी भएको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण नसकिँदै सरकारी अधिकारीहरूले व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार पारेको उच्च अधिकारीले बताएका छन् ।

स्रोतका अनुसार एनआरएनका पूर्वअध्यक्ष शेष घलेलाई उक्त ऐतिहासिक भवनमा होटल बनाउन दिने गरी तयारी सुरु गरिएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल र मन्त्रालयका अधिकारीहरूले केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई अगाडि बढाएको स्रोतको दाबी छ ।

घलेको लगानी केशर महलसँगै पाँच तारे शेराटन होटल निर्माण भइरहेको छ । कान्तिपथस्थित केशरमहलसँगै करिब १४ रोपनीमा जमिनमा बनिरहेको होटलमा २२५ वटा गेस्ट र सुइट रुम रहने छन् । घलेले सन् २०१४ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दा २०१८ बाट होटल सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए। होटल शेराटनले २०१४ मै निर्माण सुरु गरिए पनि भूकम्प र नाकाबन्दीको कारणले समेत पूर्वनिर्धारित लक्ष्यभन्दा ढिलाइ भएको छ। घलेले शेराटनसँगै जोडिएका केशर महलका लागि जोड बल गरिहेको स्रोतको दाबी छ ।

स्रोतका प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजु देउवासँग नजिक रहेका घलेले यो बिषयमा पटक पटक शिक्षा मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन् ।