बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६ महिनामै मुलुकले ब्यहोर्याे ८ खर्ब ८० अर्ब बराबरको ब्यापार घाटा

बुधबार, माघ १२ २०७८

काठमाडौँ l आयातमा कडाई गर्दै ब्यापार घाटामा सरकारले कडाई गर्न खोजेपनि यस्तो घाटा गत वर्षको तुलनामा ४६ प्रतिशतले बृद्धि भएको  छ । मुलुकमा ९ खर्ब ९९ अर्ब आयात हुँदा निर्यात भने जम्मा १ खर्ब १८ अर्ब भएकाले यो वर्षको ६ महिनामै मुलुकले ८ खर्ब ८० अर्ब बराबरको ब्यापार घाटा भोगेको छ ।

आयात बढ्दै जाँदा यसले विदेशी मुद्रा सञ्चिती घटाउन थालेपछि सरकारले केहि बस्तुको आयातमा कडाई गर्ने प्रयास गरेको छ । चाँदि आयात  गर्नको लागि  विदेशी मुद्राको सिमा घटाउने  र अन्य केहि बस्तुको आयात गर्दा नेपालका बैंकमा सतप्रतिशत रकम  बैंकमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।  

साथै चाँदीको भन्सार  बढाएर सरकारले प्रति १० ग्राम एक सय सात रुपैयाँले बढाएको थियो । तर यसको आयातमा अहिले नै उल्लेख्य मात्रामा कमि भने आएको देखिदैन । डिजल, भटमासको तेल र कच्चा पाम तेलसँगै मोबाइल र सुनको आयातका  लागि बाहिरिने रकम भने बढ्दै गएको छ ।

                                  व्यापार घाटाको अवस्था

Capture.PNG

निर्यात ९५ प्रतिशतले बढेको छ । कुल १ खर्ब १८ अर्बको निर्यातहुँदा ६८ अर्बको त  बिदेशबाट कच्चा पदार्थ आयात गरेर  प्रशोधन गरि बाहिर पठाइने पाल्म तथा भटमासको तेलले ओगटेको छ ।

कुल निर्यातमा यसरी आयातित कच्चा तेल प्रशोधन गरि निर्यात गर्ने तेलहरुले ८० प्रतिशत हिस्सा ओगटेका छन् । नेपालकै रैथाने बस्तुहरु अलैची, चिया, जडिबुटीको निर्यात भने उल्लेख्य मात्रामा घटेको छ । 

            उच्च मात्रामा निर्यात घटेका बस्तु

Capture.PNG