बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

डरलाग्दो शैलिमा घट्यो नेप्से

सोमबार, माघ १० २०७८

काठमाडौँ । नेप्सेमा भिषण पहिरो गएको छ । बजार देखी निरन्तर घटेको नेप्से आज बन्द हुने बेलासम्म ओरालो लागेको हो । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि ९९ दशलमव ८६ अंकले घटेर २८ सय २० दसमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि १८ दसमलव २० अंकले घटेर पाँच सय २५ दसमलव ९० अंकमा झरेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको एक लाख १३ हजार दुई सय पाँच पटकको कारोवारमा एक करोड ७० लाख ६३ हजार आठ सय ३३ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये आज वाणिज्य बैंक समुहको सुचक ५४ दसमलव ४८ अंकले घटेर १८ सय ३८ दसमलव ८१ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि एक सय १० दसमलव तीन अंकले घटेर २२४ सय ४७ दसमलव १२ अंकमा पुगेको छ ।

जलविद्युत समुहको सुचक पनि एक सय ५४ दसमलव २४ अंकले घटेर ३३ सय नौ दसमलव ६५ अंकमा पुग्दा बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुबित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।