शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

घरजग्गामा मन्दी सुरु, पुषमा मात्रै कारोबार ३६ प्रतिशतले गिरावट

बुधबार, माघ ५ २०७८

काठमाडौँ – घरजग्गामा मन्दी  छाउन थालेको देखिएको छ। घरजग्गाको मागमा कमि आएसँगै यसको किनबेचमा कमि आएको छ । किनबेचमा कमि आउनुले यो क्षेत्रमा मन्दि आउन थालेको संकेत गरेको छ ।

मंसिर महिनामा १ लाख ६९ हजार जग्गा किनबेच भएकोमा पुष महिनामा आउँदा यस्तो कारोबार घटेर १ लाख ५७ हजारमा सिमित भएको छ । यस्तो कारोबार गत वर्षको पुष महिनाको तुलनामा समेत ३६ दशमलव चार आठ प्रतिशतले घटेको छ ।

गत वर्षको पुष मसान्तमा २ लाख १४ हजार वटा जग्गा किनबेच भएकोमा यो वर्षको पुष महिनामा १ लाख ५७ हजार जग्गा किनबेच भएका छन् । अर्थात  गत वर्षको तुलनामा यो वर्षको सोहि अवधिमा यस्तो कारोबारमा ३६ दशमलव चार आठ प्रतिशतले कमि आएको छ ।

गत मंसिर महिनामा भने यस्तो कारोबार अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले मात्रै बढेको थियो । जबकी गत भाद्र महिनामा यस्तो कारोबार गत वर्षको  तुलनामा ७२ प्रतिशतले बढेको थियो ।

विभागका अनुसार मंसिर र पुष महिनाको तथ्यांक  केलाउँदा घरजग्गा कारोबारमा बिस्तारै सुस्तता आएको देखिएपनि  यो वर्षको छ महिनाको पुर्ण तथ्यांक केलाउने हो भने चाहि गत वर्षको तुलनामा कारोबारमा बृद्धि भएको देखिन्छ ।

बैंकमा लगानीयोग्य रकमको अभाव हुँदा त्यसको सिधा असर घरजग्गा कारोबारमा परेको छ । मंसिरयता देखि बिस्तारै कम भएको घरजग्गा कारोबारमा पुषमा आउँदा सुस्तता छाएको देखिएको हो ।

बैंकहरुले तरलता अभावका कारण कर्जा बिस्तार गर्न सकेका छैनन् । घरजग्गामा जाने ठूलो मात्राको रकम बैंकहरुले प्रदान गरेको रकम हो । तर, बैंकमा निक्षेप आउन नसक्दा यसको सिधा असर लगानी र बिस्तारै घरजग्गामा समेत देखिन थालेको छ ।