बाफियालाई समेत चुनौती दिदैं तेस्रो पटक पनि अध्यक्ष हुने दाउपेचमा थिए उपाध्याय
काठमाडौँ – नेपाल राष्ट्र बैंकको बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) लाई समेत चुनौती दिदैं पुन अध्यक्ष बन्ने दाउपेचमा रहेका महालक्ष्मी बिकास बैंकका अध्यक्ष राजेश उपाध्यायको तेस्रो कार्यकालमा पनि अध्यक्ष बन्ने सपनामा ब्रेक लागेको छ । बैकका केही शेयरधनीहरुले महालक्ष्मी बिकास बैंक र अध्यक्ष उपाध्याय समेतलाई बिपक्षी बनाई हालेको मुद्धामा उच्च अदालत पाटनले तत्कालको लागि बार्षिक साधरण सभा र सञ्चालक समितीको निर्वाचन नर्गन र नगराउन अन्तरिम आदेश जारी गरेसंगै उपाध्यायको सपनामा ब्रेक लागेको हो ।
अध्यक्ष उपाध्यायको गैरकानुनी कार्यले बैकमा समस्या उत्पन्न भएको भन्दै शेयरधनीहरुलाई उपाध्यायले न्यायको लागि अदालत जान बाध्य बनाएका थिए । उपाध्यायले बैंकलाई बित्तीयरुपमा निकै नै सवल बनाएर लान सक्ने हेभिवेटका उम्मेदवारलाई हटाउन नसकी अरु चार जनालाई रोकेर तेस्रो कार्यकालमा पनि अध्यक्ष बन्ने सपना देखिएका थिए । तर उच्च अदालत पाटनको यहि माघ तीन गते आईतबार जारी भएको अन्तरिम आदेश संगै उपाध्यायको तेस्रो कार्यकालमा पनि अध्यक्ष बन्ने सपना तुहिएको छ । बैंकिङ क्षेत्रमा निकै नै गहनाएर दुर्गन्धीत भईसकेका पात्रकोरुपमा उपाध्यालाई लिने गरिन्छ । महालक्ष्मी बिकास बैंकमा मुसा भएर उपाध्याय छिरेका थिए । अध्यक्षको हैसियतमा उपाध्यायले बैंकको श्रोत र साधनको चरम उपयोग गरी अहिले लाखौंको शेयर कव्जा गरिसकेकाछन । सुरुमा छ हजार कित्ता शेयर रहेको उपाध्यायको अहिले बैंकको श्रोत र साधनको चरम दुुरुपयोग गरी १६ लाख कित्ता शेयर बनाई सकेकाछन । यसरी गरिएको शेयर लगानीको बैधानिक श्रोत अध्यक्ष उपाध्यायले देखाउन समेत नसक्ने दावी श्रोतले गरेको छ ।
नेपाल राष्ट्र बैकले एउटा संस्थामा स्वार्थ बाझिने एक भन्दा बढी एक परिवारका सदस्यहरुको नाउँमा संस्थापक सेयर खरिद हुुन नहुने व्यवस्था कार्यान्वयनमा ल्याएको भएपनि महालक्ष्मी बिकास बैंकका अध्यक्ष उपाध्यायले भने नेपाल राष्ट्र बैकका केही उच्च अधिकारीहरुलाई समेत प्रभावमा पारेर आफ्नो आफ्नो परिवारका बिभिन्न सदस्यहरुको नाउँमा ठुुलो परिमाणमा सेयर खरिद गरेकाछन । श्रोतका अनुसार अध्यक्ष उपाध्यायले आफ्नो परिवारका सदस्यहरुको नाउँमा सेयर खरिद गर्नको लागि पनि महालक्ष्मी बैंकबाट नै बिभिन्न प्रकृयामार्फत ठुुलो परिमाणमा रकम निकालेकाछन । जसअनुसार अध्यक्ष उपाध्यायले बैंक कै पैसा मार्फत आफ्नो परिवार र नातागोताको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेकाछन, श्रोतले भनेकाछन । महालक्ष्मी बिकास बैंकका अध्यक्ष साँचो अर्थमा भन्नुपर्दा बैंकिङ कसुरको अभियोगमा जेल जानुु पर्ने व्यक्ति हुुन, तर नियमनकारी निकाय नेपाल राष्ट्र बैक कै उच्च अधिकारीहरुले अध्यक्ष उपाध्यायलाई जोगाउने गरेकाछन । महालक्ष्मी बिकास बैककाअध्यक्ष उपाध्यायलाई जोगाउने नेपाल राष्ट्र बैकका प्रमुख पात्र भनेका, डा. गुणाकर भट्ट भएको दावी पनि श्रोतले गरेको छ ।
बैंकमा हाल अध्यक्ष रहेका उपाध्याय तत्कालीन समयमा मनाकामना डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए भने यति डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए । ति बैंकहरु मर्जर भएर बनेको महालक्ष्मी बिकास बैंकमा पनि उनै उपध्याय अध्यक्ष रहेकाछन । तत्कालीन समयमा मनाकमना डेभलपमेन्ट बैंक र यती डेभलपमेन्ट बैंकमा पनि करोडौं रुपैयाँ कर्जा घोटाला भएको थियो । त्यही घोटालाका मतियार नै अहिले महालक्ष्मी बिकास बैंकको सञ्चालन एवं व्यवस्थापन प्रमुुखकोरुपमा रहेको छ । त्यहीकारण पनि बैकमा यतिधेरै अनियमिता भएको हुुन सक्छ ? यो समुहलाई राष्ट्र बैंकले कारवाही गरी यो समुहको चुंगुलबाट महालक्ष्मी बिकास बैंकलाई मुक्त गर्नुपर्छ, लगानीकर्ताहरुले भनेकाछन ।