काठमाडौँ l काठमाडौं सरकारले आजदेखि कोरोनाभाइरसविरुद्धको बुस्टर डोज दिदैछ । यसअघि कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।
अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिने निर्णय गरिएको थियो ।

बुस्टर डोज पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेकालाई लगाउन लागाइने भएको हो ।