काठमाडौं । पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आइरहेको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् ।
टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आरोप लागेको छ । हाल अफगानिस्तानको खैबर प्रान्तमा रहँदै आएको सुचनाको आधारमा उनीमाथि कारबाही चलाइदा उनी मारिएका हुन् ।
५० बर्षिय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सुचनाको आधारका ब्यापक खोजी भइरहेको थियो । त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको हत्या गरेको बुझिएको छ ।
यद्दपी टीटीपीले बिज्ञप्ती मार्फत आफ्ना नेता खुरासनीको हत्या नभएको दावी गरेको छ ।