बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेले फेरि मार्यो छलाङ

मंगलबार, पुष २७ २०७८

काठमाडौँ l नेप्सेले फेरि छलाङ मारेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार पनि ४९ दसमलव १९ अंकले बढेर २८ सय ३४ दसमलव १३ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दसमलव ३४ अंकले बढेर पाँच सय २८ दसमलव ८७ अंकमा चढेको छ ।

आज दुई सय ३२ वटा कम्पनीहरुको ७७ हजार १५ पटकको कारोवारमा एक करोड १९ लाख ७० हजार दुई सय १५ कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक समुहको सुचक घटेर बाँकी १२ वटा समुहहरुको सुचक बढेका छन्। ति मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दसमलव ६४ अंकले बढेर १८ सय ५५ दसमलव ६८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ४९ दसमलव ७३ अंकले बढेर २५ सय ८३ दसमलव ९५ अंकमा पुगेको छ ।

विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।