काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले मुुलुकको अवस्थालाई चित्रण गर्दै राजनीतिक प्रहारलाई निरन्तरता दिएका छन्। उनले विविध मौकामा वक्तव्यमार्फत राजनीतिक दलको अकर्मण्यतामाथि प्रहार गरिरहेका हुन्।
पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा उनले एक वक्तव्य जारी गर्दै ‘जनताको इच्छालाई सम्बोधन नगर्ने जुनसुकै तन्त्रको नाम राखे पनि निरर्थक’ हुने बताएका छन्। उनको स्पष्ट सन्देश हो– गणतन्त्र असफल भएको छ।
गणतन्त्र घोषणा हुनासाथ नारायणहिटी दरबार छाडेका पूर्वराजाले यसअघि पनि विभिन्न मौकामा अहिलेको अवस्थाबारे सटिक र कडा टिप्पणी गर्दै आएका छन्।
पछिल्लो समय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनीबीच सहमति भएको बताएपछि राजनीतिमा नयाँ तरङ्ग आएको थियो।