शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गणतन्त्रले जनताको चाहनालाई बुझ्नु पर्थ्यो : पूर्वराजा ज्ञानेन्द्र शाह

मंगलबार, पुष २७ २०७८

 

काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियतामाथि  तीव्र प्रहार भइरहेकाले  देशको अस्तित्व  संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपाल र नेपालीको सार्वभौमिकतामाथि भइरहेका षडयन्त्रले सिंगो मुलुकको  अस्तित्व खतरामा पर्ने तर्फ सचेत गराएका छन् ।

राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य नहुने भन्दै उनले जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र हुनै नसक्ने बताएका छन् । 

देशको भुगोल, माटो र  आफनै धर्म संस्कृति एवम गतिविधि नै नेपालीलाई प्यारो लाग्ने भन्दै पूर्व राजा शाहले पृथ्वी नारायण शाहको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको तर्क गरेका छन् ।  

पूर्व राजा शाह आज मध्यान्ह साढे १२ बजे सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न जादै छन् ।