शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज तीन सयौं पृथ्वी जयन्ती, जनस्तरबाट भव्यरुपमा मनाउने तयारी

मंगलबार, पुष २७ २०७८

काठमाडौं । आज ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर  मनाइदैछ । सरकारी तर्फबाट बेवास्ता भएपनि पछिल्लो समय पृथ्वी जयन्तीलाई नागरिक तहबाट पर्वका रुपमा मनाउने क्रम बढेको छ । 

२०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीलाई विभेद गरेको भन्दै आलोचना हुने गरेको छ ।  जनस्तरबाट भने यो दिवसलाई यसपाली पनि भव्य रुपमा मनाउने तयारी गरिएको छ । पछिल्ला वर्षहरुमा केही स्थानीय तहहरुले राष्ट्रिय पर्वको रुपमा विदा समेत दिन थालेका छन् ।  

नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनदेखि पृथ्वी जयन्तीका कार्यक्रम गर्दै आएको छ भने आज विहान ११ बजे प्रभातफेरि निकाल्दै छ ।
सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा माल्यापर्ण गरी नेपालको एकीकरणमा उनको योगनको स्मरण गरिँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम बनाएको छ ।