काठमाडौं । मुलुकभरका किशोर किशोरीलाई खोप लगाउने सरकारी योजना अनुसार आजबाट काठमाडौं र ललितपुरका स्कुले विद्यार्थीलाई फाइजर खोप लगाइँदै छ । उपत्यकाका काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन लागिएको हो । राजधानीको भक्तपुरमा भने गत आइतबारदेखिनै खोप लगाउन सुरु गरिएको छ ।
उनीहरुका लागि विद्यालयमै खोप केन्द्र बनाइएको छ । तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ । सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई खबर गरेर खोप लगाउन भनिएको छ । खोप लगाउन जादा अभिभावकलाई पनि साथमै लैजान आग्रह गरिएको छ ।
पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका हुन् ।
यसअघि ५७ जिल्लाका बालबालिकालाई भने मोडर्नाको पहिलो खोप दिइएको छ । काठमाण्डौ उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाण्डौ र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो । काभ्रेमा पनि बालबालिकालाई खोप दिन सुरु भएको छ ।
चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि बालबालिकालाई छिटै खोप लगाइने सरकारले जनाएको छ ।