बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कतै नभए भक्तपुर जानु !

मंगलबार, पुष २७ २०७८

काठमाडौँ l कुनै समयमा एउटा कथनी चर्चित थियो न्याय नपाए गोरखा जानु त्यसतै नै हाल भक्तपुर जिल्लामा अवस्थीत भक्तपुर इन्टरनेशन अस्पतालमा एउटा कथनी बन्न पुगेको छ, जुन हो कतै नभए भक्तपुर इन्टरनेशन अस्पताल जानु l 

भक्तपुरको लोकन्थली स्थित भक्तपुर इन्टरनेशन अस्पतालमा एउटा यस्तो घटना भट्यो जस्ले उक्त कथनीलाई यथार्थमा परिणति गरिदिएको l केही दिन अगाडि मात्र दुई मेडिकल कलेज र एक अस्पतालले अब उपचार संभव नरहेको भनि फर्काएको विरामीको जटिल शल्यकृया भक्तपुर इन्टरनेशन अस्पतालले सफलताका साथ समपन्न गरेको छ ।

bkt-int-hospital-1-225x300.jpg

चरिकोटकी निम्वुटी जोशीको रक्त संचारमा समस्या भएको थियो जसका कारण उहाँको आन्द्रा कुहिन थालेको थियो ।

आन्द्रमा व्लकेज भएपछि हुने उक्त समस्याले विरामीको केहि घण्टा देखि नै आन्द्रा कुहाउन सुरु गर्ने भक्तपुर इन्टरनेसनल अस्पतालका सर्जरी बिशेषज्ञ डाक्टर मिकेश कर्माचार्यले बताउनुभयो ।

उहाँका अनुसार यस्तो केशमा छिटो भन्दा छिटो अपरेसन गरेर विग्रेको भाग निकाल्नुको विकल्प छैन । तर जोशीको हकमा भने उनी पहिला नै प्यारालाइसिसबाट ग्रसित अनी उक्त समस्याका कारण तीन अस्पतालले उनको अपरेसन सफल नहुने भनेपछि परिवारले आशा नै मारेको जोशीकी छोरीले जानकारी दिनुभयो ।

तीन अस्पतालले विभिन्न चेक जाँच गरेपछि आमाको आन्द्रा कुहिन सुरु भएको छ तर उहाँको अपरेसन सक्सेस हुने सम्भावना १ प्रतिशत मात्र भएको बताएपछि परिवारमा सन्नाटा नै छाएको थियो ।

उक्त समयमा भक्तपुर इन्टरनेशनल अस्पतालमा आमाको उपचार एवं अपरेशन गर्न डाक्टर मिकेश लगायत उहाकाे टिम तयार भएको र भेन्टीलेटर व्यापक पनि रहेको थाहा पाएपछि आफूहरु अस्पतालमा आमालाई लिएर आएको उहाँले सुनाउनुभयो ।

भक्तपुर इन्टरनेशनल अस्पतालले उहाँको अपरेशन गरेको केहि दिनमा नै उहाँमा क्रमिक सुधार आएको परिवारले जानकारी दिएका छन् ।

अव त म बाँचेर घर नै जाने भए विरामी जोशीले बताउनुभयो । अस्पताल ल्याउँदा र तीन तीन अस्पतालले आफ्नो उपचार संभव छैन भनी घर लैजान भन्दा अव म मरे भने जस्तो भएको थियो तर यो अस्पतालले मलाई बचायो भन्दै उहाँले आफ्नाे उपचारमा संलग्न सबैलाई धन्यबाद दिनुभयो ।

डाक्टर मिकेश कर्माचार्यका अनुसार यस्तो अवस्था मुटुमा रगत जम्ने जस्तो केहि समस्याका कारण हुने प्रक्रिया हो जसका कारण जमेको रगत जता जान्छ उक्त भागमा समस्या देखिन थाल्छ । यस्तो जोशीको हकमा पनि भएको हो । उहाँको आन्द्रको तीन वटा नशा नै धेरै मात्रामा व्लक भएको थियो ।

जसका कारण उहाँको आन्द्रा तिव्र गतीमा कुहिन थालेको थियो । हामीले उक्त कुहिएकाे आन्द्रा काटेर फालेका छौ र आन्द्राको दुवै भाग बाहिर निकालेर राखेको छ । उहाँलाई क्रमिक सुधार भएर आएपछि उक्त भाग पनि जोडेर भित्र राखिने छ ।

अपरेसन साथै अपरेसन पछि ICU स्याहारका कारण उहाँको ज्यान बचाउन आफूहरु सफल भएको कर्माचार्यले बताउनुभयो ।

यस्ता यस्ता थुप्रै ठुला प्रकृतिका शल्यकृया सेवाहरु यस अस्पतालमा सफलता पुर्वक सम्पन्न भै सकेकाे र अबका दिनमा सरल, सुलभ, विश्वनीय , परिवारिक वातावरण मैत्री अस्पताल खाेज्न काठमाण्डाै जानु नपर्ने पनि उहाले बताउनु भयाे ।

download.jpg

अस्पताले सम्पुर्ण सेवामा अनुभवी बिशेषज्ञ डाक्टरहरु थप गर्दै हालै मात्र आफ्नाे NICU/ PICU साथै CT SCAN सेवा पनि सुरु गरिसकेकाे छ ।