काठमाडौं । केहि दिन यता, धुम्म रहेको मौसम आजदेखि विस्तारै खुल्दै जाने देखिएको छ । काठमाडौं उपत्यकासहित मुलुकका केहि स्थानमा मध्यान्हपछि घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशमा आजैदेखि मौसम सफा रहे पनि अन्य प्रदेशमा भने मौसम खुल्न केहि दिन लाग्ने महाशाखाको भनाई छ । मुलुकभरको मौसममा पूर्ण सुधार हुन अझै दुई दिन लाग्ने मौसमविद् समीर श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ ।
आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।