बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपत्यकामा लागू गरिने लकडाउनबारे तीनवटै जिल्लाका सिडिओको संयुक्त बैठक बस्दै

सोमबार, पुष २६ २०७८

काठमाडौं । स्मार्ट लकडाउनबारे छलफल गर्न, आज काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।

हिजो बसेको सीसीएमसी बैठकले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ब्युँताउँदै कार्यान्वयनमा लैजान गृह मन्त्रालयमा सिफारिस गरेपछि, काठमाडौं उपत्यकाका तीनजना सीडीओले जोखिम पहिचान गर्दै आवश्यक पर्ने क्षेत्रहरु बन्दको निर्णय गर्ने तयारी गरेका छन् ।
भक्तपुरकी सीडीओ रुद्रा देवी शर्माले आज बस्ने तीनै सीडीओको संयुक्त बैठकले जोखिम पहिचानको आधारमा, स्मार्ट लकडाउनबारे निर्णय गर्ने जानकारी दिएकी छन् ।  

हिजो उपत्यकाका तिनवटै जिल्लाका डीसीसीएमसीको बैठक बसेको थियो । हिजोको बैठकमा परीक्षणको दायरा बढाउने, खोपलाई तीव्रता दिने, अस्पतालमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्ने र भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय भएको थियो ।

कुन–कुन क्षेत्रलाई व्यवस्थित वा बन्द गर्ने भन्नेबारे निर्णय गर्न तीनै सीडीओ जुट्न लागेका हुन् । काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले आजको बैठकले स्मार्ट लकडाउनबारे थप निर्णयहरु गर्ने जानकारी दिए ।