शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नारायणहिटीभित्रको कफी हाउस भत्काइयो

शुक्रबार, पुष २३ २०७८

काठमाडौँ । नारायणहिटी दरबारभित्र बतास समूहले बनाएको कफी हाउसको संरचना भत्काइएको छ । दरबार संग्रहालय समितिले आज उक्त संरचना भत्काएको हो । यसअघि समितिसँग गरिएको सम्झौता विपरीत संरचना बनाएको र ऐतिहासिक सम्पदाभित्र आधुनिक क्याफ्टेरियाको निर्माण गरेको भन्दै सर्वत्र बिरोध भएको थियो । गत साता उक्त संरचना भत्काउन समितिले बि. म्यानेजमेण्ट प्रा.लि.लाई पत्र लेखेको थियो ।

यसबीच संग्रहालय समितिले बक्यौता भाडा तिर्न बतास समूहको म्यानेजमेण्टलाई ताकेता गरे पनि तिरेको थिएन । आज दरबारभित्रको अवैध निर्माण भत्काएपछि कानूनी प्रक्रिया पुर्‍याउन एकाएक बैंक खातामा १३ लाख रुपैयाँ जम्मा गरिएको छ । कानुनी रुपमा आफूले भाडा तिर्दा तिर्दै पनि संरचना भत्काएको भन्दै कानुनी उपचारमा जानको निमित्त बतास समूहले उक्त भाडा तिरेको बैंकमा जम्मा गरेको बुझिन्छ ।

विवादित क्याफ्टेरिया निर्माणको माउ कम्पनी बतास अर्गनाइजेसनमा प्रधानमन्त्री पत्नी डा.आरजू राणा देउवाको समेत आशिर्वाद रहेको पाइएपछि नारायणहिटीको क्याफ्टेरिया विवाद थप पेचिलो बनेको छ ।