शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तर राप्रपा कदापि फुटाउने छैन

शुक्रबार, पुष २३ २०७८

काठमाडौँ l राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भए पनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् ।

आफू निरंशुक र सक्रिय राजतन्त्रको पक्षमा नभएको भन्द उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा भाथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् ।

विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र सिनो बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ ।

उनले सामाजिक संजालमा लेखेका छन्,“विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी,पुनरोत्थानवादी र ‘सिनो’बोकेर हिंड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीति भन्दा माथी रहनुपर्छ,पार्टीमा चलखेल गर्नुहुंदैन भन्दा मेरो खेदो खनि रहेकाछन्।हॅासो र उदेक लाग्छ।त्यो राजतन्त्र प्रति विकसित नयॅा मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।
म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पिडा त्यही हो। यो प्रसंगलाई हारजीतसंग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।
तर, स्पष्ट होस्-बिचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन”