काठमाडौं । केहि दिन यता सक्रिय रहेको न्यून चापिय प्रणालीका कारण मुलुकका अधिकांस स्थानमा आज मौसम बदली भएको छ ।
अपरान्हपछि मुलुकका अधिकांस भेगमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपात हुने छ । आज राती मुलुकका सात वटै प्रदेशमा वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।
यो क्रम भोलि पनि जारी रहने छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।
पर्सि पनि देशका केही ठाउँमा वर्षा र हिमपातको अनुमान गरिएको छ ।