काठमाडौँ l नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ l भारतको गुजरातमा आयोजना हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन कारण हालका लागी स्थगित भए संगै देउवाको भ्रमण स्थगित भएको हो l
प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी नआएपनि जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि दुई देशका प्रधानमन्त्रीबीच भर्चुअल संवाद हुने तयारी भइरहेको बताइएको छ ।