बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

४ दिनमै दोब्बरले वृद्धि, के हो त तेस्रो लहरको संकेत ?

शुक्रबार, पुष २३ २०७८

काठमाडौँ l नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ दिनानुदिन बढिरहेको छ l पछिल्लो ४ दिनमै संक्रमण सांख्य दोब्बरले वृद्धि भएको ग्राफले देखाएको छ l

पुस १८ गतेको तथ्याङ्कमा जम्मा २१६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने हरेक दिन संक्रमितको संख्या उकालो लागिरहेको छ ।पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा अहिले मृत्युदर कम देखिएपनि माघ तेस्रो साता सम्म संक्रमण व्यापक रुपमा फैलिन सक्ने र मृत्युदर पनि बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।