शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सेना लागे सुडानतिर

बुधबार, पुष २१ २०७८

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिएका यूएनमिस दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली शुरु भएको छ ।

सोही क्रममा यूएनमिस दक्षिण सुडानमा तैनाथ श्री गोरख बहादुर गण (शा.से.) सातौं डफ्फालाई बदली गर्नका लागि श्री चन्दननाथ गण (शा.से.) आठौँ डफ्फाको अन्तिम फ्लाइट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा २०५ जना शान्ति सैनिक यूएन चार्टड फ्लाइट इथियोपियन एयरलाइन्समार्फत् काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।

कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप अदली बदलीको दौरानमा सम्पूणर् स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको सेनाले जनाएको छ ।