बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३० अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

बुधबार, पुष २१ २०७८

काठमाडौँ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार ३० दसमलव ७५ अंकले घटेर २६ सय ४९ दसमलव २० अंकमा पुग्दा सेन्सिटिभ पनि छ दसमलव ६८ अंकले घटेर चार सय ९७ दसमलव तीन अंकमा झरेको छ ।

दुई सय ३६ वटा कम्पनीह्रुको ५८ हजार पाँच सय ७२ पटकको कारोवारमा ९५ लाख ५९ हजार चार सय २९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम चार अर्ब ६२ करोड १५ लाख ९८ हाजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।  

१३ वटा समुहहरुको कारोवार हुंदा जलबिद्युत र फाईनान्स समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेकाछन ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव ७९ अंकले घटेर १७ सय ९७ दसमलव ३४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ७९ दसमलव ८६ अंकले घटेर ४५ सय ९५ दसमलव ४५ अंकमा पुगेको छ ।

यसैगरी निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुके सुचीमा पहिलो स्थानमा मध्यभोटेकोशी जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बिजय लघुबित्त बित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।