काठमाडौँ। आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस्तो छ उम्मेद्वार सुची
प्रदेश-१
जयन्ती राई
वाग्मती प्रदेश
गोमा तिमल्सिना
लुम्बिनी प्रदेश
राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश
उदय बोहोरा
सदूरपश्चिम प्रदेश
मदनकुमार (गरिमा) शाह
राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।