बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी महाधिवेशन :पदाधिकारीबारे छलफल नै नगरी बैठक स्थगित, अर्को बैठक २५ गते

सोमबार, पुष १९ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सकिएको छ । बैठकले अध्यक्षको टुंगो लगाए पनि पदाधिकारीको विषयमा छलफल नै नगरी स्थगित भएको छ । पुस २५ गतेलाई अर्को बैठक डाकिएको केन्द्रीय सदस्य इन्द्रजीत थारुले जानकारी दिए ।

उनका अनुसार आजको नव निर्वाचित केन्द्रीय सदस्यहरुको शपथ लगत्तै बैठक बसेको र बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको थियो । ‘शपथ ग्रहणपछि बसेको आजको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन निर्विरोध चयन गरेको छ । पदाधिकारीको विषयमा भने छलफल भएन । पुस २५ गतेलाई अर्को बैठक बोलाइएको छ, इन्द्रजीतले भने ।