काठमाडौं । राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आगामी माघ १२ गते मतदान हुने छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । १ जना भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार २५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनमा भाग १२ दल भाग लिने छन् ।
आगामी फागुन २० गते उनीहरुको कार्यकाल सकिदै छ । कार्यकाल सकिनेमा एमालेका ८ सांसद , नेपाली कांग्रेसका ३, एकीकृत समाजवादीका ४, नेकपा ९माओवादी केन्द्र० का ४ र एकजना राष्ट्रपतिबाट मनोनित सांसद रहेका छन् ।