शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज नयाँ वर्ष सन् २०२२ !

शनिबार, पुष १७ २०७८

काठमाडौं । आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको मान्यता छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि पछिल्लो वर्ष अंग्रेजी नयाँ वर्ष मनाउने क्रम बढेको छ । नेपाल भ्रमणमा आउने विदेशीका कारण नेपालमा पनि इस्वी संवतको नयाँ वर्ष मनाउन थालिएको हो ।  

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा हिजो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएको छ । होटल तथा रेष्टुरेन्टहरुमा नयाँ वर्षलक्षित विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।  मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ वर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो राखेको छैन । अंग्रेजी नयाँ वर्ष मनाउन होटल तथा रेष्टुरा पुग्नु संस्कृतिजस्तै बन्न थालेको छ।

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज भएपछिको यो पहिलो अंग्रेजी नयाँ वर्ष हो । कोरोना संक्रमणकै कारण विदेशी पर्यटकहरुको उपस्थिति न्यून भएपनि आन्तरिक पर्यटकहरुले नै होटल तथा रेष्टुरेन्ट भरिएका छन् ।

पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।