काठमाडौँ । खाँदै नखाएको बिष आखिर कहाँ लाग्छ र ? आखिर यस्तै भएको गायक योगेश्वर अमात्यका नक्कली कागजपत्रमा कर्जा प्रवाह भएको कुमारी बैंकको रकम घोटाला प्रकरणमा । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाएर १९ करोड कर्जा प्रवाह भएको प्रकरणमा उक्त प्रकरणसंग जोडिएका १३ जना बिरुद्ध बैंकिङ कसुर लाग्न पनि सक्थ्यो होला सायद, तर बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना र बैंकको सिंगो व्यवस्थापन समुह, बैकको सञ्चालक समितीले दिएको उच्च मनोवल, सिंगो कुमारी बैंक कर्मचारी परिवार र बैंकका आम सेयरधनी, सुभचिन्तक ग्राहक सबैको आस भरोसा सबैको कारणले कुमारी बैंंक कारवाहीबाट जोगिएको छ ।
अर्थात भनौंं कर्जा प्रकरणमा जोडिएका १३ जना कर्मचारीहरु जोगिएका छन । ति कर्मचारीहरुले बैंकले अफ्ठेरोमा परेको अवस्थामा पनि आफुलाई जोगाएको अझै बैंकप्रति दत्तचित्त भएको काम गर्ने दृण आत्मबिश्वास जगाएका छन । यो सबै संभव हुनुको प्रमुख कारण कुमारी बैंकको कुशल व्यवस्थापकीय क्षमता र हालको लागि त्यस्तो नेतृत्व गरिरहनु भएका कामु प्रमुख कार्यकारी तिमिल्सिनाको रहेको छ ।
साँचो अर्थमा अभिभावक त्यो हो, जसले कठिन भन्दा कठिन अवस्थामा पनि आफ्नो सन्ततीको रक्षा गर्न सक्छ, रक्षा गर्ने सार्माथ्य राख्न सक्छ, होस नगुमाईकन आफ्ना सन्ततीलाई दुख र अप्ठेरोको त्यो भवसागरबाट मुक्त गराउन सक्छ । कुमारी बैंकको गायक योगेश्वर अमात्यको जग्गा प्रकरणमा कामु प्रमुख कार्यकारी तिमिल्सिना यस्तै भएका छन । उनकै कारण बैंकमा कार्यरता १३ जना कर्मचारी जोखिएका छन ।
आम नेपाली ग्राहक, शुभचिन्तक, शेयरधनी, सबैको आसा र भरोसाको केन्द्र कुमारी बैंकको शाखा जोगिएको छ । यो घटनाबाट पाठ सिक्दै कुमारी बैंकले कर्मचारीहरुको उच्च मनोवलका साथै बैंकलाई अझै बलियो, सवल र बिश्वासिलो बैंक बनाउने दृण इच्छाशक्ति व्यक्त गरेका छन ।
नेपाली बैंकिङ क्षेत्रको लागि कुमारी बैंकका कर्मचारीहरुको यो इच्छाशक्ति निकै नै महत्वपुर्ण रहेको छ । गायक अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन प्रकरणमा बैंकले मुद्दा पर्नुभन्दा पहिलानै ऋण असुल गरिसकेकाले विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैंकिङ्ग कसुर मुद्दा चलाउन अस्वीकार गरेको छ, यो बैंकको लागि सञ्जिवनी बुटी बराबर कै भएको छ ।