बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पिडितलाई क्षतिपूर्ति दिने सहमति भएपनि सर्लाहीको तनाब रोकिएन, निषेधाज्ञा जारी

शुक्रबार, पुष १६ २०७८

काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी छ ।

प्रहरीको भ्यानले ठक्कर दिँदा  व्यापारी रामकुमार महतोको मृत्यु भएपछि  पुस १३ गतेदेखि त्यो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत ६ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।  हिजो बेलुकीदेखि लागू हुने गरी आज साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ गौतमले बताए । इश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।  

प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।