काठमाडौं । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने सहमती भएसँगै त्यहाको आन्दोलन रोकिएको छ ।
लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच भएको लामो छलफलले पीडित परिवारलाई १० लाख रुपियाँ उपलब्ध गराउने लगायत अन्य ६ बुँदे सहमती गरेको छ ।
स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतकमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षादिक्षाका लागि पहल गर्ने लगायतका सहमति भएका हुन् ।
सहमति भएसँगै घटनाको विरोधमा यसअघि भएका आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिनु पर्ने र मृतकको शव बुझेर दाहसंस्कार गर्ने सहमति भएको हो ।