काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुग्यो ।
व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको सेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।
यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता सेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको सेयर ९ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको सेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ ।