काठमाडौं । सिरहामा लगाइएको निषेधाज्ञा हटाइएको छ। पक्राउ गरिएका जनमत पार्टीका कार्यकर्तालाई रिहा गरिएसँगै निषेधाज्ञा पनि हटाइएको हो ।
आफ्ना कार्यकर्ता पक्राउ परेपछि जनमत पार्टीले आन्दोलन थालेको थियो । अवस्था सामान्य बन्दै गएपछि सिराहाका आसपासका क्षेत्रमा लगाइउको निषेधाज्ञा हटाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।
औरही गाउँपालिकाले गहुँको बिउ वितरणमा ढिलाइ गरेपछि किसानहरुले बिउ लुटेर लगेका थिए। सोही घटनामा प्रहरीले मिथिलेश यादवसहित केहि स्थानीयमाथि मुद्दा दर्ता गरेपछि जनमत पार्टीले आन्दोलन थालेको थियो ।
जिल्ला अदालत सिरहाले यादवलाई साधारण तारिखमा रिहा गरेसँगै त्यहाको तनाब अन्त्य हुने अपेक्षा गरिएको छ ।