काठमाडौं । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको स्करपियो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख छोटुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
तिब्र गतिमा रहेको जिप विजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गाडी सडकबाट तीन मिटर तल खेतमा झरेको छ । गाडीमा ८ जना यात्रु सवार थिए ।
गम्भीर घाइते चार जनालाई उपचारकालागि रौतहटको ग्राण्डी अस्पताल लगिएको छ ।