बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समाजवादी र जनवादीबीच एकता

मंगलबार, पुष १३ २०७८

काठमाडौँ – नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुने भएको छ।

देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी नेकपा एकीकृत समाजवादीसँग मिसिन लागेको हो।

काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रमबीच पार्टी एकता घोषणा हुने भएको छ।

महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।