काठमाडौँ । नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने ६९ दशमलव ७७ अंकले घटेर २५ सय २१ दशमलव ६५ अंकमा झरेको छ भने सेन्सिटिभ पनि १० दशमलव ८५ अंकले घटेर चार सय ७१ दशमलव ८९ अंकमा झरेको छ ।
दुई सय ३८ वटा कम्पनीहरुको ६७ सात सय ६० पटकको कारोवारमा एक करोड दुई लाख ९२ हजार दुई सय २६ कित्ता सेयर किनबेच भएका छन् भने कुल सेयर कारोवार रकम पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार छ सय ७१ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २७ दशमलव ११ अंकले घटेर १७ सय १० दशमलव १० झरेकोमा फाईनान्स समुहको सुचक पनि ७० दशमलव ६१ अंकले घटेर दुई हजार ६१ दशमलव ५२ अंकमा झरेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि छ सय १८ दशमलव ४४ अंकले घटेर ११ हजार तीन सय ९५ दशमलव दुई अंकमा झरेको छ । यि बाहेक विकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक लिमिटेड परेको छ ।