बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

द्वन्द पिडित एकल महिलाहरुलाई भत्ता उपलब्ध गराउने प्रयास भैरहेको छ :मन्त्री रेग्मी

शनिबार, पुष १० २०७८

काठमाडौँ l सरकारले द्वन्द पिडित एकल महिलाहरुलाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छिन ।  

मानवअधिकारको लागि महिला, एकल महिला समूहको पाँचौं अधिवेशनलाई उद्घघाटन एबम् सम्बोधन गर्दै मन्त्री रेग्मीले द्वन्द पिडित एकल महिलालाई भत्ता उपलब्ध गराउन आवश्यक पहलकदमी र प्रक्रियामा लागेको बताएकी हुन् । यसो हुदा द्वन्द पिडित एकल महिलाहरुको  पिडामा मलम लगाउने राम्रो प्रयास हुने छ । 

एकल महिलाहरुलाई बर्गिकरण गरिनु हुन्न भन्दै मन्त्री रेग्मीले सबै एकल महिलाको हकहितको लागि आफु सधै अग्रपंतिमा रहेर काम गर्न तयार रहेको बिश्वास पनि ब्यक्त गरिन । राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको बताउदै मन्त्री  रेग्मीले अधिकार प्राप्तिको लागि सबैले संघर्ष गर्नु पर्ने पनि बताइन । 

मन्त्री रेग्मीले नियमावली र कार्यविधि बनाएर एकल महिला कोष लाई  काार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा एकल महिला समुहकि संस्थापक अध्यक्ष लिली थापा, वर्तमान अध्यक्ष कुन्दा शर्मा लगायतले पनि आफ्नो धारणा ब्यक्त गरेका छन् ।